
वीरगञ्ज, १५ भदौ । वीरगञ्जमा स्थानीय प्रशासनले लगाएको कर्फ्युका बाबजुद विभिन्न स्थानमा प्रदर्शन भइरहेको छ ।
आज बिहानै सडकमा उत्रिएका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताले कर्फ्युको उल्लंघन गर्दै प्रदर्शन थालेका हुन् । प्रदर्शनका कारण वीरगञ्जको जनजीवन फेरि तनावपूर्ण बनेको छ ।
प्रदर्शनकारीले उग्ररुपमा प्रदर्शन गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको छ । प्रहरीको गोली लागेर दुई प्रदर्शनकारीसमेत घाइते भएका छन् ।
गोली लागेर घाइते हुनेमा स्थानीय १७ वर्षीय दीपेश पटेल र सन्दीप पटेल रहेको आन्दोलनकारीले बताएका छन् । घाइतेलाई उपचारका लागि वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा पुराइएको छ ।
सोमबार मधेशी मोर्चाको प्रदर्शन नियन्त्रण बाहिर जानथालेपछि स्थानीय प्रशासनले चार बजेदेखि अनिश्चितकालका लागि कर्फ्यु आदेश जारी गरेको थियो ।












प्रतिक्रिया