२१ कार्तिक २०८३, शनिबार

महाधिवेशन सार्न कांग्रेसको बैठक जारी, संशोधन प्रस्तावमा पनि छलफल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali_Congress_Edited

काठमाडौं, १५ भदौ । असोज पहिलो साता १३ औँ महाधिवेशन गर्नुपर्ने संवैधानिक जटिलतामा रहेको प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले सो विषयमा छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

संविधानसभा भवन नयाँबानेश्वरमा जारी बैठकमा १३ औँ महाधिवेशनका विषयमा छलफल हुनेछ ।

कांग्रेस नेताहरूका अनुसार तोकिएको समयमा महाधिवेशन गर्न नसके त्यसलाई अन्तरिम संविधान संशोधन गरेर भए पनि संवैधानिक जटिलता हटाइ निकास खोज्ने विषयमा छलफल हुने बुझिएको छ ।

त्यसै गरी कार्यसमिति बैठकमा नयाँ संविधानको विधेयकमाथि कुन कुन विषयमा संशोधन राख्ने भन्ने बारेमा पनि छलफल हुनेछ ।

कांग्रेसले विधेयकमा संशोधन दर्ता गराउने तयारी पनि गरेको छ ।