२१ कार्तिक २०८३, शनिबार

वीरगञ्जमा टाउकोमा गोली लागेका मियाँको अवस्था गम्भीर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Birganjaकाठमाडौं, १५ भदौ । वीरगञ्जमा सोमबार भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका संघीय समाजवादी फोरम नेपालका कार्यकर्ता जाकिर हुसेन मियाँको अवस्था गम्भीर रहेको छ ।

उपचारका लागि काठमाडौंस्थित वीर अस्पतालमा ल्याइएका २८ वर्षीय मियाँको अवस्था गम्भीर रहेको संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

‘शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले गोली चलाउँदा हाम्रा कार्यकर्ता जाकिर हुसेन मियाँलाई गोली लागेको हो’, उहाँले भन्नुभयो, ‘अवस्था गम्भीर छ । टाउकोमा गोली लागेको छ । चिकित्सकहरूले शल्यक्रिया गरेर गोली निकाल्ने तयारी गरिरहेका छन् ।’

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सोमबार वीरगञ्जमा गरेको प्रदर्शन नियन्त्रण बाहिर जान थालेपछि स्थानीय प्रशासनले स्थितिलाई नियन्त्रणमा लिन बल प्रयोग गरेको थियो । सोही क्रममा मियाँलाई गोली लागेको प्रहरी भनाइ छ ।

सोमबार नै मधेशी मोर्चाको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर संघीय समाजवादी फोरमका स्थानीय नेता दिलीप चौधरीको मृत्यु भएको थियो । गोली लागेर घाइते चौधरीको उपचारका क्रममा मृत्यु भएको थियो ।