९ कार्तिक २०८३, सोमबार

विद्यार्थी बिरामी हुन थालेपछि पठनपाठन प्रभावित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खोटाङ, १५ भदौ । खोटाङको पश्चिमी गाविस विजयखर्कस्थित चम्पावती माविका विद्यार्थी एक्कासि बिरामी हुन थालेपछि पठनपाठन प्रभावित भएको छ ।

कक्षामा बसिरहेका विद्यार्थीमा एक्कासि काम्ने, रुने, कराउने र बेहोस हुने लक्षण देखिएपछि पठनपाठन प्रभावित भएको हो ।

कक्षामा बसिरहेको अवस्थामा आइतबार एकैसाथ नौ छात्रा र एक छात्र बिरामी भएको विद्यालयका प्रधानाध्यापक गोविन्द पोखरेलले बताउनुभयो ।

सोमबार पनि एक छात्रमा उक्त लक्षण देखिएको प्रधानाध्यापक पोखरेलको भनाइ छ ।

विद्यार्थीमा देखिएको लक्षण ‘मास हिस्टोरिया’ हुनसक्ने स्वास्थ्यकर्मीले बताएका छन् । रासस