५ कार्तिक २०८३, बिहिबार

सरकारले थारु आन्दोलनकारीलाई किन हेप्दैछ ?, थारु आन्दोलनकारी आक्रोसित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

PM Koirala reading the reply of his letter for dialogue sent yesterday.काठमाडौं, १५ भदौ । सरकारको शैलीबाट आक्रोशित थारूहरूले प्रधानमन्त्री सुशील कोइरालासँग सोमबार भेट गरी आन्दोलनका लागि वातावरण बनाउन आफ्ना सातबुँदे माग स्वीकार गर्नुपर्ने अडान दोहोर्‍याएका छन्।

प्रमुख चार दलका शीर्ष नेताहरूको तर्फबाट प्रधानमन्त्री सुशील कोइरालाले दोस्रोपटक आइतबार वार्ता लागि आह्वान गर्दै पठाएको पत्र थारू आन्दोलनविपरीत भएको भन्दै उनीहरूले अस्वीकृत गरेको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

थारू आन्दोलन केन्द्रीय सचिवालयका प्रवक्ता एवं सभासद् अमनलाल मोदीको नेतृत्वमा सोमबार अपराह्न प्रधानमन्त्री कोइरालासँग भेटेको प्रतिनिधिमण्डलले वार्ताका लागि वातावरण बनाउन पनि आफ्ना माग पूरा हुनुपर्ने अडान लिएको थियो।

प्रधानमन्त्रीले प्रतिनिधिमण्डलसँग थारूहरू वार्तामा बसेपछि उनीहरूले राखेका मागमाथि विचार हुनसक्ने भन्दै थारूहरूलाई झनै आन्दोलित बनाएर पठाएको प्रवक्ता मोदीले जानकारी दिए।

उनले प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै भने, ‘वार्तामा बसेपछि तपाईंहरूको माग सरलीकरण गरौंला।’

मोदीका साथ प्रधानमन्त्री कोइरालासँग भेट्न सचिवालयका सदस्य एवं सभासद्द्वय सन्तकुमार चौधरी र जनकराज चौधरी गएका थिए।