५ कार्तिक २०८३, बिहिबार

घैँटेलाई कति गोली लागेको हो डाक्टरले पनि भन्न सकेनन्, १२ दिनपछि घैँटेको पोस्टमार्टम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kumar-gaite-2काठमाडौं, १५ भदौ । प्रहरी मुठभेडमा मारिएका डन कुमार घैँटे भनिने कुमार श्रेष्ठको १२ दिनपछि सोमबार पोस्टमार्टम भएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधिहरुको रोहवारमा त्रिवि शिक्षण अस्पतालमा घैँटेको पोस्टमार्टम गरिएको हो ।

डाक्टर हरिहर वस्ती नेतृत्वको चिकित्सकको टोलीले शवको पोस्टमार्टम गरेको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

पोस्टमार्टममा छातीमा गोली लागेर मृत्यु भएको उल्लेख छ । तर कति गोली लाग्यो प्रष्ट छैन् ।

६ वटाभन्दा बढी गोली लागेको छ, वस्तीले भने ठ्याक्कै कति वटा लागेको भन्ने विश्लेषण हुन बाँकी छ ।