पर्सा, १४ भदौ । संयुक्त लोतान्त्रिक मधेसी मोर्चाको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा वीरगन्जमा एक जनाको मृत्यु भएको छ ।
स्थानीय प्रशासनले कर्फ्यू जारी गरेका बेला प्रर्दशनमा उत्रिएपछि मोर्चाका आन्दोलनकारीमाथि प्रहरीले गोली चलाउँदा वीरगन्जको राघेमाइ टोलमा छातीमा गोली लागेर घाइते भएका दीलिप चौरसीयाको मृत्यु भएको हो ।
घाइते चौरासियाको नारायणी उपक्षेत्रीय आस्पतालमा उपचारको क्रममा मृत्यु भएको संघीय समाजवादी फोरम नेपालका पर्सा जिल्ला अध्यक्ष प्रदिप यादवले बताए । चौरसिया फोरम नेपालका इकाइ समिति सदस्य हुन् ।
यसअघि मोर्चा र प्रहरीबीच वीरगन्जमा झडप भएको थियो । झडपमा ८ जना घाइते भएका थिए । लगत्तै स्थानीय प्रशासनले अपराह्न ४ बजेदेखि अनिश्चितकालिन कर्फ्यू लगाएको थियो । मोर्चाका प्रदर्शनकारीले कर्फ्यू ताड्दै प्रहरी चौकीमा आगजनीको प्रयास गरेपछि प्रहरीले गोली चलाएको हो ।















प्रतिक्रिया