९ कार्तिक २०८३, सोमबार

मधेसी मोर्चाको प्रदर्शनलाई रोक्न बीरगञ्जमा अनिश्चितकालीन कर्फ्यू

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Band (3)
फाइल फोटो

वीरगञ्ज, १४ भदौ । आन्दोलनकारीको प्रदर्शनले उग्र रुप लिएपछि जिल्ला प्रशासन कार्यालय पर्साले बीरगञ्ज नगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू जारी गरेको छ ।

विगत केही दिनदेखि आन्दोलन गरिरहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको प्रदर्शन चर्किएपछि प्रशासनले सोमबार अपराह्न ४ बजेदेखि कर्फ्यू जारी गरेको हो । यसअघि आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा वीरगञ्ज तनावग्रस्त बनेको थियो । झडपमा ८ जना घाइते भएका थिए ।

प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले प्रदर्शनलाई नियन्त्रणमा लिन नगर क्षेत्रमा अर्को आदेश नभएसम्मका लागि कर्फ्यू जारी गरिएको बताउनुभयो ।