– अनिल खत्री
गुल्मी, १४ भदौ । प्राचिन र ऐतिहासिक मगरात भुमिलाई टुक्रा–टुक्रा बनाएको भन्दै नेपाल मगर संघले आयोजना गरेको मगरात बन्द गुल्मीमा दिउँसो २ बजेदेखि फिर्ता भएको छ ।
गुल्मी उद्योग वाणिज्य संघ र नेपाल पत्रकार महासंघ गुल्मीको पहला बन्द फिर्ता गर्न आग्रह गरेपछि बन्द फिर्ता गरिएको नेपाल मगर संघ गुल्मीका अध्यक्ष श्रीप्रसाद भलामीले जानकारी दिए ।
मगरात बन्दले सदरमुकाम तम्घास बन्द रहेता पनी जिल्लाको अर्को व्यापारिक केन्द्र बलेटक्सार र वामी टक्सार बजार भने खुल्ला रहेको थियो । स्थानीय संघ संस्था राजनीतिक दलहरुको सहमतिमा कुनै पनी संघ संस्थाले बन्द हडताल नगर्ने सहमति भएबमोजिक खुल्ला गरिएको स्थानीयले बताएका छन् ।
नेपालको नयाँ सबिधान निमार्णका क्रममा चार दलका शीर्ष नेताहरुले राज्यको पुर्नसरंचनामा संघीयताको सीमांकन गर्दा मगरहरुको सघन बस्तीलाई छिन्न छिन्न गराईएको विरोधमा मगरहरुले सोमवार एक दिन मगरात बन्दको आवहान गरेका हुन् ।
















प्रतिक्रिया