३० आश्विन २०८३, शुक्रबार

बक्स अफिसमा निखिलको फिल्म ‘भैरव’को आक्रामक व्यापार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bhairabकाठमाडौं । लामो समयपछि नेपाली फिल्म क्षेत्रमा फर्किएर फिल्म निर्माण गरेका एक्सन स्टार निखिल उप्रेतीले बक्स अफिसमा धमाका मच्चाएका छन् ।

शुक्रबारबाट प्रदर्शनमा आएको एक्सन स्टार निखिलको फिल्म ‘भैरव’ले आक्रामक व्यापार गरेसँगै निखिलले बक्स अफिसमा धमाका मच्चाएका हुन् । प्रदर्शनमा आएको तीन दिनमै ‘भैरव’ले एक करोड पचास लाखको व्यापार गरेको छ ।

प्रदर्शनको तेस्रो दिन तथा सार्वजनिक बिदा गाई जात्राको दिन आइतबार निखिलको फिल्म हेर्न हलहरुमा दर्शकको ओइरो लागेको थियो । भैरव हेर्न दर्शकले टिकट नपाएको गुनासो सामाजिक सञ्जालमार्फत समेत पोखिरहेका छन् । यो व्यापार भूकम्पपछि प्रदर्शनमा आएका फिल्महरु मध्ये सबैभन्दा बढी हो ।

यो फिल्म सामाजिक अपराध र एक पुलिस अफिसरको कथामा आधारित छ । पछिल्लो तराई क्षेत्रमा भुमिगत समूहले गरिरहेको आंतक र प्रहरीबाट इन्काउन्टरमा मारिएका गुन्डाहरुको कथा पनि समेटिएको छ ।

एक साता अघि प्रदर्शनमा आएको फिल्म ‘होस्टेल रिटन्र्स्’लाई डेढ करोड कमाउन हप्ता लागेको थियो । त्यस्तै ‘भैरव’ सँगै प्रदर्शनमा आएको फिल्म ‘रेशम फिलिली’ ले भने तीन दिनमा ६५ लाख बराबरको व्यापार गरेको बताइएको छ ।