दाङ, १४ भदौ । सवारी दुर्घटनामा परी २६ वर्षीय स्थानीय नेता प्रेम ओलीको आज विहान मृत्यु भएको छ ।
मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका तुलसीपुरस्थित दीर्घायु पोलिक्लिनिकमा कार्यरत २६ वर्षीय प्रेम ओलीको आज बिहान उपचारका क्रममा भारतको लखनउमा मृत्यु भएको हो ।
केहीदिन अगाडि घोराहीबाट तुलसीपुर फर्कने क्रममा आफैँले चलाएको मोटरसाइकल दुर्घटना हुँदा ओली गम्भीर घाइते हुनुभएको र उहाँको आज बिहान भारतको लखनउस्थित समिरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उहाँका साथी अर्जुन ओलीले जानकारी दिनुभयो ।
सल्यानको झिम्पे स्थायी घर भएका ओली १० वर्षदेखि तुलसीपुरमा विभिन्न सामाजिक सङ्घसंस्था तथा पार्टी भातृ संगठनमा नेताको भुमिकामा समेत संलग्न हुनुहुन्थ्यो । रासस















प्रतिक्रिया