३० आश्विन २०८३, शुक्रबार

बाबुराम भट्टराईलाई परदेशी नेपालीको खुल्लापत्र

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

माननीय नेता ज्यू !

यहाँले उत्पीड़नमा परेका जनताको पक्षमा म जहिले पनी हुन्छु भन्नुभयो । म गरिबको पक्षमा हुन्छु भन्नुभयो । म यो सोध्छु जनयुद्ध गरेर सदियौ उत्पीडनमा परेका दलित मुस्लिम जनजाति कस्लाई प्रधानमन्त्री बनाउनुभयो । तपाईको र प्रचण्डजी को पालो आयो खडक बिश्वकर्मालाई वा देव गुरुंग वा प्रभु शाहलाई किन बनाउनु भएन ? के तपाईको नजरमा सम्पूर्ण बाहुन क्षेत्री सामन्ती हुन शोषक हुन ? तपाईलाई के लाग्छ बिकेन्द्रीकरण गरेको महेन्द्रले वा बीरेन्द्रले त्यों गलत, हजुरले गरेको मात्रै ठीक ?

तपाईं साच्चिकै भन्ने हो भने देश र जनताको ‘१ नम्बर को दुश्मन’ हो । तपाईं जस्तो खतरनाक ‘किरा’ यो देशमा बाचुन्जेल असली रुपमा जनताले केही पाउने होइन, रगतको खोलो बग्ने र हतियारको ब्यापार बढ्ने भन्दा अरु केही हुने छैन ।

आज तपाईले आफ्नो इशारामा कैलाली घटना घटाउनुभयो यो हजुरले नै स्वीकार गर्नु भएको छ । तिनी सुरक्षाकर्मी कुन बर्गका थिए ? तपाईको वकालत दलित मजदुर गरिबको पक्षमा हुन्छ तर हजुरको श्रीमती एसिया कै भ्रष्ट महिला नेत्री भनेर समाचार पत्रपत्रिकामा आएका छन । यो देखाउने र चपाउने दाँत कहिले सम्म हो ? सामाजिक सद्भाव खलबल्याउने खेल कहिले सम्म खेल्नु हुन्छ ? तपाई प्रधानमन्त्री हुनु भयो । ४० सूत्रीय माग शेरबहादुर देउवा सरकार समक्ष राख्नु भएको थियो आफू कुर्चिमा बसेको बेला त्यों माग कुन दुलोमा गयो ? जनयुद्धमा मरेका सहिद र उनको परिवार अनि घाइतेहरुको लागि के गर्नु भयो ? तपाई बाबुराम जी रंग बदल्ने काम छोड़नुस । के जनयुद्धबाट जनवादी ब्यबस्था ल्याउनुभयो ।

प्रचण्ड र तपाई प्रधानमन्त्री हुनुभयो । आज फेरि तपाईं संबिधानसभाको मस्यौदा समितिभित्र रहेको ब्यक्ति चौधरी (थारु समुदाय)लाई अधिकार दिनबाट कस्ले रोकेको छ ? तपाईं यो भन्नुस कि थारुको घरमा थारु नै कमैया बसेका छन कि छैनन, थिएकी थिएनन ? कुनै धनी मगरले गरिब मगरको बारेमा कहिलै कुनै आन्दोलनमा साथ दिएको थियो कि नाइ ? बाहुनभित्र बाहुनलाई शोषण भएको देख्नु भएको छ कि नाइ ? दलितले दलितलाई छुवाछुत गरेको देख्नु भएको छ कि छैन ? तराइका भुमिहिन सुकुम्बासी दलित बर्गको लागि राज्य खै ? तराइमा कुवा छोएकै कारण दलितको रासन पानी बन्द गरिन्छ त्यो गर्नेहरु को हुन ? त्यहाँका जमिन्दार यादव ठाकुर उच्च घरानिया हुन कि होइनन ? तपाईं जस्तो जिम्मेवार पदमा बसेको ब्यक्तिले सामाजिक सद्भाव खल्बल्याउने अभिब्यक्ति दिने कामको परिणाम के हुन्छ एक पटक सोच्नु भएको छ ? तपाईंहरुले हिजो यो बुर्जुवा शिक्षा चाहिँदैन भनेर भर्खर ७, ८ मा पढ्ने नाबालकहरुलाई खोलामा झोला फालेर युद्धमा हिडाउँनुभयो । आफ्नी छोरीलाई कुन शिक्षाबाट बिद्यावारीधी गराउदै हुनुहुन्छ ? तपाईं लगायत केन्द्रिय नेतृत्वले आफ्ना छोरा छोरीलाई महंगा निजी स्कुलमा पढाउनुभयो तर, गरिबका छोराछोरीको लागि तेही शिक्षा बुर्जुवा भयो ? कसरी ? के तपाईं सधैं गरिबको पक्षपाती हुनुहुन्छ ? म यो कुरा मान्दैन किन कि हिजो तपाईंको जनयुद्धमा खाना बस्न नदिएकै कारण सुराकीको आरोप लागेर कती परिवारले सास्ती खेप्नु परेको थियो ? जवाफ दिन सक्नु हुन्छ ? तपाईं साच्चिकै भन्ने हो भने देश र जनताको १ नम्बर को दुश्मन हो । तपाईं जस्तो खतरनाक ‘किरा’ यो देशमा बाचुन्जेल असली रुपमा जनताले केही पाउने होइन रगतको खोलो बग्ने हतियारको ब्यापार बढ्ने भन्दा अरु केही हुने छैन ।

म यो कुरा हजुरसँग पार्टी फरक बिचार फरक परेको कारण भनिरहेको छैन । अहिले आँफै शीर्ष स्थानमा हुनुहुन्छ । पहिलो संबिधान सभाले बनाउन लागेको संबिधान अहिलेको भन्दा धेरै प्रगतिशिल थियो त्यहाँ दलितका मुद्दा समेटिएका थिए तेस्को अन्त्य गर्ने पनि हजुर नै हो । पहिले सम्झौता गर्ने तेस्लाई भाजो हालेर तुहाउने त्यसैको आडमा लामो समय सत्ता भत्ता खाने काम हजुरहरुको हो ? ४० सुत्रीय माग राखेर संयुक्त जनमोर्चा नेपालको नेतृत्व गर्ने हजुर आफ्नो मुद्धामा अडिन त सक्नु भएन नै उल्टै बिप्पा जस्तो राष्ट्रघाती सन्धी सम्झौता गरेर देशको लागि जुवा खेलेर आए भनेर भन्न पछी पर्नु भएन ? तपाईंले जनतालाई सिङ्गापुर बनाउँछौ स्विजरल्यान्ड बनाउछौ भन्नुहुन्थ्यो नङापुर चाँही पक्कै बनाउनुभयो । धन्यवाद बाबुराम भट्टराई यो देशको सामाजिक सद्भाव जातिय सद्भावमाथि धावा बोलेर जातिय युद्दमा देशलाई हिडाउने बाटो लिएकोमा ।

धन्यवाद
मेघराज नेपाली (भट्टराई)
हाल काबुल अफ्गानिस्तान

यो पनि पढ्नुहोस् : 

तराईका थारुलाई मैले नै आन्दोलन गर्न उचालेको हो : बाबुराम भट्टराई