९ कार्तिक २०८३, सोमबार

अपहरणकारी रवि पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, १४ भदौ । अपहरण तथा शरीर बन्धक बनाई फिरौती लिने महालक्ष्मी नगरपालिका–१६ बस्ने रवि बेलडियालाई महानगरीय प्रहरी परिसरले पक्राउ गरेको छ ।

भारतको गुजरात घर भई महालक्ष्मी नगरपालिका–१६ मा डेरा गरी बसेका बेलडियाले गुजरात घर भई कैलाली धनगढी नगरपालिका–७ बस्ने महेश पटेल र निजको काका वालु पटेलबाट नगद रु तीन लाख २० हजार असुलेका थिए ।

महेश पटेलको भारतीय लाइसेन्स नवीकरण गर्न भारतीय दूतावासबाट गरिदिने भनि अभियुक्त बेलडियाले काठमाडौँको गोङ्गबुमा बोलाएर अपहरण गरेका थिए । उनीहरुलाई गत चैत १३ देखि १५ गतेसम्म आफ्नै कोठामा बन्धक बनाएर फिरौती रकम लिएर छाडिएको थियो ।

अभियुक्त बेलडियालाई ललितपुर जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धक मुद्दामा म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको परिसरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दयानिधि ज्ञवालीले बताउनुभयो । रासस