काठमाडौं, १४ भदौ । कांग्रेसले पार्टीको आसन्न १३ औं महाधिवेशन ६ महिना सार्न सकिने सवैधानिक व्यवस्था गर्न सोमबार बस्ने चार दल बैंठकमा अन्तरिम संविधान संशोधन प्रस्ताव राख्ने भएको छ ।
कांग्रेसले पार्टीमाथि आउन लागेको संवैधानिक संकट टार्न चार दलको बैठकमा संविधान संशोधन प्रस्ताव राख्न लागेको समाचार कान्तिपुर दैनिकले छापेको छ ।
अन्तरिम संविधानमा हरेक पाँच, पाँच वर्षमा पार्टीको अधिवेशन अनिवार्य रुपमा गर्नुपर्ने प्रावधान छ ।
कांग्रेसको १२ औं महाधिवेशन भएको आगामी असोज पहिलो साता ५ वर्ष पूरा हुदैँछ ।















प्रतिक्रिया