काठमाडौं, १४ भदौ वन मन्त्रालयको सबैभन्दा शक्तिशाली मानिने वन विभागमा महानिर्देशक बन्न आधा दर्जन भन्दा बढी सहचिव दौडमा लागेका छन् ।
महानिर्देशक डाक्टर राजनकुमार पोखरेलले भदौ १५ मा ५८ वर्ष उमेर पूरा गरी अनिवार्य अवकाश पाउने भएपछि वरिष्ठदेखि कनिष्ठ सहसचिवसम्मको दौड शुरु भएको समाचार कान्तिपुर दैनिकले छापेको छ ।
सहसचिवहरु कृष्णप्रसाद आर्चाय, गौरीशंकर तिमला, राजदेवप्रसाद यादव, रेशमबहादुर डाँगी, अखिलेश्वरलाल कर्ण, प्रेमनारायण कँडेल, प्रकाशनाथ प्याकुरेललगायतका महानिर्देशक बन्न शक्तिकेन्द्र र कर्मचारी युनियनको सहारा लिइरहेका छन् ।















प्रतिक्रिया