९ कार्तिक २०८३, सोमबार

कर्णाली घटना दोहोरिन सक्छ : लिम्बुवान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

LImbuwan_nमोरङ, १३ भदौ । अरुण पूर्वका ९ जिल्ला लिम्बूवान घोषणा नगरिए कर्णाली घटना उर्लावारीमा दोहोरिन सक्ने संघीय लिम्बूवान पार्टीले चेतावनी दिएको छ ।

लिम्बुवान पार्टी नेपाल मोरङका, उर्लावारी नगर अध्यक्ष वरुण लाबुङले आईतबार साँझ सो चेतावनी दिनु भएको हो । आईतबार साँझ उर्लावारीमा आयोजित राँके जुलुसको कोणसभालाई सम्बोधन गर्दै उहाँले सो चेतावनी दिनु भएको छ । सरकारले लिम्बूवान राज्य घोषणा नगरे कर्णाली घटना उर्लावारीमा दोहोरिने भन्दै उहाँले राज्यले आफूहरुको मागलाई बेवास्था गरेको आरोप लगाउनु भयो ।

आफुहरुको माग बारेमा राज्यले बेवास्था गरेको कारण सोमबार र मङ्गलबार नेपाल बन्दको घोषणा गरेको उहाँले जनाउनुभयो । कोणसभामा लिम्बुवान केन्द्रीय सदस्य सूर्य माझी, किरात याक्थुङ चुम्लुङका मोरङ अध्यक्ष सूर्यमान सेरेङलगायतले बोल्नु भएको थियो ।