१ कार्तिक २०८३, शनिबार

युवा उद्यमी मञ्च र काठमाडौं कलेजबीच समझदारी पत्रमा हस्ताक्षर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

L to R - NYEF President Niranjan Shrestha and KCM Principal Bishnu Raj Adhikariकाठमाडौं, १३ भदौ । काठमाडौं कलेज अफ म्यानेजमेन्ट र नेपाली युवा उद्यमी मञ्चबीच उद्यमशीलता प्रवद्र्धन गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

आइतबार राजधानीमा मञ्चका अध्यक्ष निरञ्जन श्रेष्ठ र काठमाडौं कलेजका प्रिन्सिपल विष्णूराज अधिकारीले गरेका हुन् । यो समझदारीले उद्यमशीलताको संस्कृतिलाई बढावा दिने स्रोतमा सहज पहुँचका लागि अवसर सिर्जना गर्दै दुवै पक्षलाई थप कार्यका लागि सेवा प्रदान गर्नेछ ।

काठमाडौं कलेज अफ म्यानेजमेन्ट व्यवस्थापन शिक्षाको क्षेत्रमा एउटा अग्रणी संस्था हो । यो कलेज व्यावसायिक क्षेत्रमा सफल योगदान गर्न सक्षम दक्ष जनशक्तिको विकासमा समर्पित रहिआएको छ । विद्यार्थीहरुको प्रत्यक्ष संलग्नता र सहभागितामा उनीहरुको समग्र विकासका लागि मूल्यमा आधारित शिक्षा प्रदान गर्न यो सम्झौताले थप टेवा पु¥याउनेछ ।

नेपाली युवा उद्यमी मञ्चले उद्यमशीलता प्रवद्र्धनका क्षेत्रमा निकै धेरै कार्यक्रमहरु गर्दै आएको छ । यो समझदारीले नेपालको (Entrepreneursip eco-System)को बिकास र क्षमताबिस्तारमा मद्दत गर्नेछ ।

यो साझेदारीले संयुक्त अनुसन्धान, तालिम तथा गोष्ठी सञ्चालन र कार्यक्रम व्यवस्थापनका लागि सहकार्यको पहललाई सहजीकरण गर्नेछ । अन्य सहकार्यको क्षेत्रमा मूल स्रोतव्यक्ति तथा प्रशिक्षक उपलब्ध गराई काठमाडौं कलेज अफ् म्यानेजमेन्टको बिजिनेस इन्क्युबेसन सेन्टरको सञ्चालनलाई मार्गनिर्देश गर्न पनि यो समझदारीले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।