काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज (शनिबार) हुने भएको छ ।
कांग्रेस प्रचार समितिका अनुसार शपथग्रहण कार्यक्रम पार्टी कार्यालय सानेपामा दिउँसो २ बजे हुनेछ ।
कांग्रेसको १५ औं महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका थापाले शपथ लिन लागेका हुन् ।
अन्य निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ भने दशैंपछि मात्र हुने पार्टीले जनाएको छ ।















प्रतिक्रिया