काठमाडौँ, १३ वैशाख । भूकम्पका कारण असार मसान्तसम्म रोकिएको नक्सा स्वीकृतिको काम अहिले क्रमिक रुपमा बढ्दै गएको काठमाडौँ महानगरपालिकाले बताएको छ ।
काठमाडौँ महानगरपालिकाको विपद् व्यवस्थापन हेर्नुहुने वीरबहादुर कार्कीका अनुसार साउनको दास्रो सातादेखि सुरु भएको नक्सा स्वीकृतिको काम सुरु सुरुका दिन १०÷१२ वटामात्र आउने गरेकामा अहिले दैनिक २० देखि २५ वटा आवेदन आउने गरेका छन् ।
भूकम्प जानुभन्दा अघि नक्सा स्वीकृत दैनिक ३५÷४० वटा आउने गर्दथ्यो । आएका जति सबैले भूकम्पले घर भत्काएको स्थानमा भन्दा नयाँ स्थानमा घर बनाउन चाहेका छन् ।
काठमाडौँ महानगरपालिकाले पूर्ण क्षति भएका घरधनीलाई ७५ प्रतिशत र आंशिक क्षति भएकालाई २५ प्रतिशत छुटको व्यवस्था गरेको । घर बनाउने भनी निर्धारण गरेको जग्गाको क्षेत्रफलका आधारमा नक्साको शुल्क निर्धारण गर्ने गरिएको छ ।
साउनको तेस्रो सातादेखि अहिलेसम्म भूकम्पकै कारण पूर्णरुपमा घर भत्किएको स्थानमै घर बनाउने माग २० जनताबाट मात्रै आएको महानगरपालिकाले जानकारी दिएको छ ।
महानगरपालिकाभित्रका दुई हजार ७०० घर पूर्णरुपमा क्षति भएको भनिए पनि अहिलेसम्ममा ३०० घरमात्र भत्काइएको बताइन्छ । रासस















प्रतिक्रिया