– महेश केसी
काठमाडौं, १३ भदौ । प्रधानमन्त्री सुशील कोइरालाले सात प्रदेशको सीमांकनमा टुक्रिएका जिल्लालाई जनताको चाहना अनुसार अखण्ड राखिने बताउनुभएको छ ।
अखण्ड रुकुमको माग राख्दै विगत २२ दिनदेखि आन्दोलन गरिरहेको एकीकृत रुकुम संयुक्त संघर्ष समितिका पदाधिकारी तथा रुकुमका सभासदहरुसँगको भेटमा प्रधानमन्त्री कोइरालाले रुकुमलाई कुनै हालतमा पनि अखण्ड राखिने विश्वास दिलाउनुभएको हो ।
रुकुमलाई अखण्ड राख्दै प्रस्तावित ५औं प्रदेशमा कायम गरिनुपर्ने माग राख्दै समितिले आइतबार बालुवाटारमा प्रधानमन्त्री कोइरालालाई भेटेको हो । रुकुमेलीहरुको भावना र चाहना अनुसार जिल्ला एक बनाउने कुरामा आफू हर तरहबाट लागिपर्ने र जिल्ला कुनै पनि हातलमा नटुक्रने कुरा प्रधानन्त्री कोईरालाले बताउनुभयो । भेटका क्रममा सिमित स्वार्थका लागी जिल्ला टुक्रनु गलत रहेको र जिल्लाका जनप्रतिनिधको हैसियतले कडाईसाथ आफ्नो कुरा राख्न पनि सभासदहरुलाई अनुरोध गर्नुभएको थियो ।
उहाँले रुकुमजस्तै अन्य जिल्लाबाट अखण्ड राख्नुपर्ने माग आएको भन्दै माग अनुसार टुक्रिएका जिल्लालाई पनि अखण्ड राखिने प्रतिबद्धता जनाउनुभएको थियो ।













प्रतिक्रिया