काठमाडौं, १३ भदौ । एकीकृत नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष तथा राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले तराईमा भइरहेका आन्दोलनलाई स्वभाविक भनेका छन् ।
आफ्नो टेलिभिजन अन्तर्वार्तामा बाबुरामले थारु बहुल क्षेत्रलाई पहिचानका आधारमा प्रदेश निर्माण गर्ने प्रस्ताव राख्दा अखण्डताको नाममा ‘एक रौं पनि दिन्नौं’ भन्ने अहमताका कारण टीकापुर घटना भएको बताए । उनले भने-‘आफ्नो अधिकारका लागि पिछडिएको थारु समुदायले नेताहरु विरुद्ध विद्रोह गरेको छन्, यो स्वभाविक प्रक्रिया हो ।’
उनले आफ्नै जातिय कलस्टर अनुरुप मिलाएर प्रदेश बनाउनुपर्छ भन्दा अखण्डताको नाममा एक रौं पनि दिन्नौं भन्ने केही नेताहरुको अहंमताले प्रदर्शन गरेपछि त्यसविरुद्ध जनताले विद्रोह गर्नु स्वभाविक भएको बताए ।
उनले आफू जहिले पनि उत्पीडित समूदायको पक्षमा उभिएको दाबी गरे । नेता भट्टराईले युगौंदेखि उत्पीडनमा परेकाहरुलाई आफूले आन्दोनल गर्न उचालेको समेत स्वीकार गरेका छन् । बाबुरामले भने-‘समाजमा जो युगौंदखि उत्पीडनमा परेका छन् उनीहरुलाई मैले उचालेकै हो ।’
टीकापुर घटनातर्फ लक्षित गर्दै उनले आन्दोलनका क्रममा ज्यान जानु दुःखद भएपनि जनतामाथि धेरै दमन गरे विद्रोह हुने चेतावनी समेत दिएका छन् ।















प्रतिक्रिया