९ कार्तिक २०८३, सोमबार

छ महिनाकै अवधिमा २०८ चेलीलाई उद्धार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mahilaभद्रपुर, १३ भदौ । माइती नेपाल कांकरभिट्टा झापाले सन् २०१५ को छ महिनाकै अवधिमा २०८ चेलीलाई उद्धार गरेको छ ।

वार्षिक प्रगति विवरणअनुसार सन् २०१४ मा एक वर्षको अवधिमा कांकरभिट्टा नाकाबाट २५० चेलीलाई उद्धार गरी १५ हजार ६५० लाई जांँच गरिएको थियो ।

माइती नेपाल कांकरभिट्टाका प्रमुख गोविन्द घिमिरेले चालु आवमा ७८ चेली हराएको निवेदन आएकामा ४० जना फेला परिसकेको जानकारी दिंँदै तीन जना बलात्कारका कारण पीडित बनेकामध्ये एक चेलीका पीडकलाई १६ वर्ष कैद र तीन लाख क्षतिपूर्ति ब्यहोर्ने फैसला जिल्ला अदालत झापाले गरेको जानकारी दिनुभयो ।

माइती नेपाल कांकरभिट्टाको पुनःस्थापना केन्द्रमा ४० जनाको क्षमता रहेकामा हाल पाँच चेली मात्र रहेको बताइएको छ ।

असहाय बालबालिका र विदेशमा बेचिएका चेलीलाई उद्धार गरी पुनःस्थापना गर्ने उद्देश्यले २०५३ सालमा झापाको कांकरभिट्टामा शाखा स्थापना गरी सो क्षेत्रमा काम गर्दै आएको सो संस्थाले भारतको सिलोङ, सिलिगुडी, जलपाईगुडी, मुम्बइलगायत अन्य सहर र बंगलादेशबाट पनि नेपाली चेलीलाई उद्धार गरिसकेको छ ।

सो अवसरमा प्रजिअ तेजप्रसाद पौडेलले अत्यन्त जोखिम र संवेदनशील रहेको यो क्षेत्रमा माइती नेपालले गर्दै आएको योगदान अतुलनीय छ भन्नुभयो ।

स्थानीय विकास अधिकारी फणीन्द्र दाहालले चेलीबेटी ओसारपसार हुने क्षेत्रमा सचेतनाको कार्यलाई तीव्रता दिनुपर्ने औँल्याउँदै पूर्वी नेपालको प्रवेशद्वार कांकरभिट्टामा निगरानी बढाउन सुझाव दिनुभयो । रासस