१ कार्तिक २०८३, शनिबार

चार वर्षमा चार सय बढी युवा उद्यमी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Paisa Nepali Monyइलाम, १३ भदौ । आयआर्जनका माध्यमबाट गरिबी घटाउन सहयोग पु-याउने उद्देश्यले चार वर्षदेखि जिल्लामा सञ्चालित लघुउद्यम विकास कार्यक्रमबाट चार सय बढी नयाँ उद्यमी तयार पारिएको छ ।

उद्यमशीलता विकास तालिममार्फत ग्रामीण भेगमा रहेका युवालाई स्वरोजगार बनाउने लक्ष्यका साथ आव २०६८/६९ देखि गत आव २०७१/७२ सम्ममा चार सय ७० उद्यमी तयार गरिएको घरेलु तथा साना उद्योग विकास समिति इलामका प्रमुख नवराज राउतले बताउनुभयो ।

समितिसँगको सहकार्यमा प्रत्येक वर्ष जिल्लाका चार गाविसमा लघुउद्यम विकास कार्यक्रम सञ्चालन गरिँदै आएको छ ।

स्वदेशमै बसेर स्वरोजगार बन्ने, विपन्नको आयआर्जनमा वृद्धि गरी गरिबी घटाउने, सामाजिक रुपमा पछि परेका समुदायलाई सशक्त बनाउनका लागि ढाका बुनाइ, सौन्दर्य, सिलाइकटाइ, पशुपालन, प्राङ्गारिक अदुवा खेती गर्ने उद्यमी तयार पारिएको हो ।

उद्यमी तयार पार्नका लागि समितिले गत आवमा २१ लाख ३० हजार छ सय ३९ बजेट विनियोजन गरेको थियो ।

लघुउद्यम विकास योजना बनाई सामाजिक रुपमा पछि परेका र न्यून आय भएका अतिविपन्न वर्गका युवा वर्गलाई केन्द्रित गरी कार्यक्रम सञ्चालन गरिएको थियो । रासस