३० आश्विन २०८३, शुक्रबार

विपन्न महिला च्याउखेतीबाट जीविकोपार्जन गर्दै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Moosroom-Khati-1बाँके, १३ भदौ । बाँकेका विपन्न समुदायका महिला च्याउखेती व्यवसायबाट जीविकोपार्जन गरिरहेका छन् ।

सीमान्तकृत समुदायमा सूचीकृत केवट समुदायका महिलाले पछिल्लो समय च्याउ खेतीबाट साँझ/बिहानको जोहो मात्र हैन आफ्ना छोराछोरीलाई विद्यालय पढाउनेसम्मको खर्च जुटाउँदै आएका छन् ।

जिल्ला कृषि विकास कार्यालय र अन्य सङ्घसंस्थाले आयआर्जनका लागि सीपमूलक तालिम र प्राविधिक सहयोग उपलब्ध गराएपछि केवट समुदायका महिलाले समूह नै गठन गरी अहिले व्यावसायिक रुपमा च्याउ खेती सुरु गरेका हुन् ।

आर्थिक स्थिति कमजोर भएका उनीहरुलाई व्यावसायिक च्याउखेतीले घरको समस्या टार्न सजिलो मात्र भएको छैन बचत पनि गर्न सघाएको पर्वत महिला लघुउद्यम समूहका कलावती केवटले बताउनुभयो ।

उनीहरुले उत्पादन गरेको च्याउ नेपालगन्जमै खपत हुने गरेको छ । जिल्ला कृषि विकास कार्यालय बाँकेले बेरोजगार युवालाई कृषि पेसामा लगाउन चालु आवमा मात्र झन्डै दुई करोड लगानी गर्दैछ ।

त्यसमध्ये च्याउ खेतीका लागि ४८ युवालाई छनोट गरी १६ लाख रकम वितरणको तयारी गरिएको छ । रासस