काठमाडौं, १२ भदौ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले चार वटा पूर्वशर्तसहित वार्ताका लागि सरकारलाई पत्रको जवाफ पठाएको छ ।
मोर्चाका चार शीर्ष नेताहरूद्वारा हस्ताक्षर गरेर प्रधानमन्त्री सुशील कोइरालालाई पठाइएको पत्रमा विगतको सहमति कार्यान्वयन र आन्दोलनका क्रममा मारिएकाहरूलाई शहीद घोषणाको माग गरिएको छ । मोर्चाका दोेस्रो तहका नेताहरूले शनिबार बेलुका बालुवाटार पुगेर वार्ताको जवाफको पत्र प्रधानमन्त्री कोइरालालाई बुझाएका हुन् ।
पत्रमा पक्राउ परेकाहरूको रिहाइ, मृत्यु भएकालाई शहदी घोषणा, क्षतिपूर्ति, सेना र सशस्त्र प्रहरी परिचालनलाई फिर्ता गर्नुपर्ने, संविधान निर्माणको प्रक्रिया रोक्नुपर्ने, सरकारसँग पहिला भएको २२ बुँदे र ८ बुे सम्झौता कार्यान्वयनको माग मोर्चाले गरेको छ ।
सरकारले वार्ताका लागि पठाएको पत्रको सकारात्मक रहेको टिप्पणी गरेको मधेशी मोर्चाले वार्ताको वातावरण निर्माण गर्ने कार्य सरकारको रहेको जनाएको छ । मोर्चाले यथाशीघ्र सरकारले चार पूर्वर्शत पूरा गरेर वार्ताको वातावरण बनाउने उल्लेख गरेको छ ।













प्रतिक्रिया