३० आश्विन २०८३, शुक्रबार

‘मिस टिन कलेज सिजन ३’ का लागि २२ सुन्दरी छनौट

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Miss Teen College Audition (9)काठमाडौं । ‘मिस टिन कलेज सिजन ३’ का लागि २२ जना छात्रा सुन्दरी छनौट भएका छन् ।

मिस ई कलेज, जुनियर स्कूल प्रिन्सेस्, मिस एयर होस्टेस्, एसएलसी प्रिन्सेस् कार्यक्रमको निरन्तरतासंगै सिजन मिडिया प्रालिद्धारा गत २ वर्षदेखि आयोजित कलेजमा अध्ययनरत टिनएज युवतीहरुमा केन्दि«त ‘मिस टिन कलेज’ को आज तेस्रो संस्करणको पहिलो छनौट पुतलीसडक स्थित नेम क्याफेमा सम्पन्न भएको हो ।

कलेजमा अध्ययनरत टिनएज युवतीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको आवश्यकताको जानकारी र सोही अनुरुप त्यसको उपयोगिताबारे मार्ग निर्देशन दिंदै उच्च शिक्षाको अध्ययनको लागि सहयोग पु¥याउने र समाज उपायोगि जिम्मेवार व्यक्तिको रुपमा अगाडि आउन सहयोग गर्न यो कार्यक्रमलाई निरन्तरता दिन लागिएको हो ।

Miss Teen College Audition (23)विगत ६ वर्षदेखि काठमान्डौमा रहेर विभिन्न सामाजिक सांस्कृतीक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु गर्दै आएको मिडियाले गरेको यो तेस्रो चरणको संस्करणको लागि उपत्यकामा रहेका ३० भन्दा बढी विभिन्न कलेजहरुवाट छात्राहरूको आवेदन आएको मिडियाका प्रबन्ध निर्देशक प्रदिपराज वन्तले बताए । हाल पहिलो अडिसनवाट २२ जना र आगामी हप्ता द्रोस्रो अडिसन वाट ८ जना गरि जम्मा ३० जना प्रतियोगीहरु समावेश गरिने छ ।

पहिलो चरणको छनोटमा क्याम्पीयन एकेडेमीका प्रिन्सीपल नविनमान श्रेष्ठ, मिस ई–कलेज २०१३ की विजेता प्रज्ञा लामिछाने, तथा कोरियोग्राफर रोजीन शाक्य अडिसन को निर्णायक मण्डल थिए ।