रौतहट, १२ भदौ । तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारले विगतका गरिएका सम्झौता कार्यान्वयन गर्न मानेमा वार्ताका लागि आफूहरु तयार रहेको बताउनुभएको छ ।
सदरमुकाम गौरमा यही भदौ ८ गते प्रहरीको गोली लागी मृत्यु भएका राजकिशोर ठाकुरप्रति श्रद्धाञ्जलि दिन यहाँ आइपुग्नुभएका नेता ठाकुरले सरकारले वार्ताका लागि पठाएको पत्र प्राप्त भएको बताउंँदै त्यसको लिखित जवाफ आजै साँझसम्म सरकारलाई पठाइने जानकारी दिनुभयो । रासस













प्रतिक्रिया