१ कार्तिक २०८३, शनिबार

आर्थिक पत्रकार समाजमा नयाँ कार्यसमिति चयन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sejanकाठमाडौं, १२ भदौ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को १६औँ वार्षिक साधारणसभाले गोकर्ण अवस्थीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

शुक्रबार सम्पन्न निर्वाचनमा उपाध्यक्षमा पुष्पराज आचार्य, महासचिवमा मोदनाथ ढकाल, सचिवमा रामराजा श्रेष्ठ, कोषाध्यक्षमा भीम गौतम निर्वाचित हुनुभएको छ ।

यसैगरी सदस्यहरूमा सरस्वती ढकाल, अनिल परियार, सविन मिश्र, भागवत भट्टराई र सुजन ओली निर्वाचिन हुनुभएको छ ।

नयाँ कार्यसमितिले दुई जना अन्य सदस्यलाई मनोनित गर्ने प्रावधान रहेको छ ।

नवनिर्वाचित अध्यक्ष अवस्थीले सेजनलाई व्यावसायिक पत्रकारहरूको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।