९ कार्तिक २०८३, सोमबार

हिन्दूराष्ट्र स्थापनाका लागि खुमबहादुरले भदौ १४ देखि निरन्तर आन्दोलन गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

khum-bhadur-khakdaकाठमाडौं, ११ भदौ । नेपाली कांग्रेस सनातन हिन्दू राष्ट्र स्थापना महाअधियानले भदौ १४ गतदेखि राजधानी केन्द्रित आन्दोलन गर्ने निर्णय गरेको छ ।

अभियानका नेता कुमार रेग्मीका अनुसार भदौ १४ गतेदेखि संविधानसभा भवनलाई केन्द्रमा राखेर आन्दोलन गरिने बताउनुभयो । ‘नेपाललाई हिन्दू राष्ट्र बनाउनका लागि दवाव दिन भदौ १४ गतेदेखि संविधानसभा घेराउसहितका सशक्त आन्दोलन गर्ने छौं’, रेग्मीले भन्नुभयो, ‘अब संविधानसभा घेराउको कार्यक्रम निरन्तर रहनेछ ।’

हिन्दू राष्ट्र स्थापनाका लागि कांग्रेस केन्द्रीय सदस्य खुमबहादुर खड्काले सनातन हिन्दू राष्ट्र संयुक्त संघर्ष समिति गठन गरेर आन्दोलन गर्दै आउनुभएको छ । समितिका संयोजक समेत रहनुभएका खड्काले पनि हिन्दू राष्ट्र स्थापनाको आफूहरूको अभियानमा सबैलाई सहभागी हुन अपील गर्नुभएको छ ।

समितिले भदौ १४ गते मध्यान्ह १२ बजे काठमाडौंको तीनकुनेबाट जुलुससहित संविधानसभा घेराउको कार्यक्रम सार्वजनिक गरेको छ । जुलुमा हज्जारौँको सहभागिता रहने नेता रेग्मीको भनाइ छ ।