२९ आश्विन २०८३, बिहिबार

वनारस जाने यात्रुलाई प्लेन भाडा पाँच रुपैंया !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Buddha-air

काठमाडौं, ४ असार । बुद्ध एयरले काठमाडौंबाट भारतको वाराणसी (बनारस) जाने यात्रुलाई पाँच रुपैयाँमा मात्र उडाउने प्याकेज ल्याएको छ ।

बुद्ध एयरको नयाँ भाडादर अनुसार, इन्धन खर्च र कर बाहेक पाँच रुपैयाँ मात्र हवाइ भाडा लिइनेछ । इन्धन र अन्य कर वापत भने थप तीन हजार सात सय ५१ रुपैयाँ तिर्नुपर्ने बुद्ध एयरले जनाएको छ । अब नेपालीले तीन हजार सात सय ५६ रुपैयाँ तिरे भारतको प्रसिद्ध तिर्थस्थल वनारस जान पाउनेछन् ।

विदेशी नागरिकलाई भने केही मंहगो छ । विदेशीले नेपालीको भन्दा थप एक हजार एक सय ३० रुपैयाँ तिर्नेपर्ने बताइएको छ ।

बुद्ध एयरले यस अघि पनि वाराणसी उडान गर्दै आएको थियो। खासगरि हिन्दु पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले विशेष प्रबद्र्धन सुरु गरिएको बुद्ध एयरले जनाएको छ ।