९ कार्तिक २०८३, सोमबार

एमाले र एमाओवादीका ३७५ जना नेता कार्यकर्ता काँग्रेस प्रवेश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Congress-flag_20150120101556काठमाडौँ, ११ भदौ । विभिन्न पार्टी परित्याग गरी ३७५ जना आज नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

काँग्रेस केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सिन्धुपाल्चोकका नेकपा (एमाले), एकीकृत नेकपा(माओवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवम् कार्यकर्ता काँग्रेस प्रवेश गरेका हन् ।

प्रवेश गर्नेमा राप्रपाका महाधिवेशन प्रतिनिधि एवम् समानुपातिक तर्फबाट उम्मेदवार नोर्बु वाङ्गेल लामासहित २००, कर्माध्याच्चो लामाको नेतृत्वमा ३०, इन्द्रबहादुर लामाको नेतृत्वमा २० र चन्द्रबहादुर लामाको नेतृत्वमा १५, एमाओवादीका बयानबहादुर घिसिङको नेतृत्वमा ५० र सिंहबहादुर लामाको नेतृत्वमा ३० तथा एमालेका डम्बरबहादुर श्रेष्ठको नेतृत्वमा ३० जना रहेको काँग्रेसले जनाएको छ ।

उनीहरुलाई वरिष्ठ नेता शेरबहादुर देउवाले पार्टीमा स्वागत गर्दै साधारण सदस्यता प्रदान गर्नुभएको थियो । रासस