महेन्द्रनगर, ११ भदौ । एमाओवादी निकट अखिल क्रान्तिकारीले स्थानीय चार सञ्चारकर्मीलाई कञ्चनपुरमा सम्मान गरेको छ ।
आफ्नो ११औं जिल्ला सम्मेलनको अवसरमा शुक्रबार अखिलले कञ्चनपुरका पत्रकार मोहन विष्ट, डिल्लीराज पन्त, गणेशदत्त भट्ट र रनी विवशलाई सम्मान गरेको हो ।
समग्र शैक्षिक क्षेत्रका विकृतीबिरुद्ध उठाएका मुद्दाहरुलाई शसक्त रुपमा संचारमाध्यमबाट उठान गरेको भन्दै चारै जना संचारर्मीहरुलाई सम्मान गरेको अखिलका जिल्ला अध्यक्ष सिके भट्टले बताए । ‘जिल्लाका शैक्षिक समस्यालाई संचारमाध्यमबाट बाहिर ल्याएर विद्यार्थीहरुको अधिकारका पक्षमा कलम चलाएकाले उहाँहरुको कामको उच्च मूल्यांकन गर्दै कञ्चनपुरको शैक्षिक क्षेत्र सुधारमा थप हौसला प्रदान गर्न सम्मान गरिएको हो,’ उनले भने ।
चारै जना पत्रकारलाई अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष रमेश मल्ल, जिल्ला अध्यक्ष सिके भट्ट, लगायतले दोसल्ला ओढाएर प्रमाण पत्रप्रदान गरेका थिए । पत्रकार विष्ट, नयाँ जनक्रान्ति दैनिक/बेलौरी पोष्ट, पन्त ईमेज टेलिभिजन, भट्ट कारोबार दैनिक तथा रेडियो महाकाली र पत्रकार विवश अभियान दैनिकमा कार्यरत छन् ।
यस्तै सम्मेलनमा अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष तथा शहिद शरद अवस्थीकी ममतामयी आमा लक्ष्मीदेवी अवस्थी, क्रान्तिकारीका पूर्व नेताहरु बलराम अवस्थी र विनोद जोशीलाई समेत दोसल्ला ओढाएर सम्मान गरिएको छ ।















प्रतिक्रिया