९ कार्तिक २०८३, सोमबार

आज पनि धनगढी र टीकापुरमा निषेधाज्ञा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tikapur-Kailai-Policeधनगढी, ११ भदौ । कैलाली जिल्लाको टीकापुर नगर क्षेत्र र सदरमुकाम धनगढी नगर क्षेत्रमा स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा आज पनि यथावत् रहेको छ ।

धनगढी नगर क्षेत्रमा आज दिउँसो ११ बजेदेखि साँझ ५ बजेसम्मको समयमा निषेधाज्ञा जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी उदयबहादुर सिंहले बताउनुभयो ।

टीकापुरमा यही भदौ ७ गते भएको हिंसात्मक घटनालगत्तैबाट त्यहाँ अनिश्चितकालका लागि लगाइएको निषेधाज्ञा आज पनि यथावत् रहेको छ ।

घटनालगत्तैबाट टीकापुर र भजनी–त्रिशक्ति नगरपालिकासहित आसपासका गाविसलाई दङ्गाग्रस्त क्षेत्रसमेत घोषणा गरी सुरक्षाको व्यवस्थापन गरिएको छ । रासस