९ कार्तिक २०८३, सोमबार

२० वर्षीय युवतीलाई राति कोठामा एक्लै देखेपछि…

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sexगुलरिया (बर्दिया), ११ भदौ । प्रहरीले बलात्कारको आरोपी तिलकराम यादवलाई पक्राउ गरेको छ ।

गुलरिया नगरपालिका–९ मनकामना टोलमा बस्ने २० वर्षीया युवती आफ्नो कोठामा बुधबार राति एक्लै रहेको अवस्थामा बर्दिया गुलरिया नगरपालिका–९ गुलरिया गाउँ बस्ने ३० वर्षीय तिलकराम यादवले बलात्कार गरी फरार भएका थिए ।

प्रहरीले सो घटनाबाट जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बर्दियाबाट प्रहरी निरीक्षक अरुणकुमार सिंहको नेतृत्वको टोलीले व्यापक खोजी गर्ने क्रममा तिलकराम सोही दिन गुलरिया नपा–११ मा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारेको हो । तिलकराममाथि अनुसन्धान जारी रहेको प्रहरी उपरीक्षक गोविन्दराम परियारले जानकारी दिनुभयो । रासस