९ कार्तिक २०८३, सोमबार

झापामा घरेलु हिंसाको उजुरी बढ्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, ११ भदौ । झापामा घरेलु हिंसाको घटनामा वृद्धि भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाले दिएको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७१/७२ मा एक सय ३८ वटा घरेलु हिंसाका घटना दर्ता भएका छन् ।

आव २०६९/७० मा ६० वटा घरेलु हिंसाका घटना दर्ता भएकामा ०७०/७१ मा उक्त सङ्ख्या घटेर ४० मा झरेको थियो ।

आव २०७१/७२ मा उक्त सङ्ख्या बढेर एक सय ३८ पुगेको हो । घरेलु हिंसाका कारणमा वैदेशिक रोजगार, अपरिपक्व प्रेम सम्बन्ध, गरिबी, बहुविवाह, व्यक्तिगत चरित्र, मापसे, झैँझगडा, कुटपिट, धाँक, धम्की, लाञ्छनालगायत रहेका छन् ।

आव ०६९/७० मा बहुविवाहसम्बन्धी ३२ उजुरी दर्ता भएकामा २२ उजुरी कानुनी कारबाहीका लागि मुद्दा चलाएको थियो भने १२ वटामा मिलापत्र भएको थियो ।

आव २०७०/७१ मा २५ वटा उजुरी दर्ता भएकामा २२ वटा उजुरीमा मुद्दा चलाएको थियो भने तीनवटामा मिलापत्र भएको थियो ।

आव २०७१/७२ मा बहुविवाहसम्बन्धी २७ उजुरी दर्ता भएकामा २२ वटामा मुद्दा चलाएको र पाँचवटामा मिलापत्र भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरीनायब उपरीक्षक भीमबहादुर दाहालले बताउनुभयो ।

उहाँका अनुसार कार्यालयमा पुरुष हिंसाका पाँचवटा निवेदनसमेत परेका छन् । रासस