९ कार्तिक २०८३, सोमबार

प्रधानमन्त्रीलाई शीतल निवासमा बोलाएर राष्ट्रपतिले के भने ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ram-Baran-yadav-Sushil-Koiralaकाठमाडौँ, १० भदौ । राष्ट्रपति डा रामवरण यादवले मधेसीलगायत असन्तुष्ट दलसँग सररकाले चिठी लेखेरै वार्ताका लागि सकारात्मक पहल गर्नु राम्रो प्रयत्न भएको बताउँदै यसलाई निरन्तरता दिन आग्रह गर्नुभएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्रीसँग भएको भेटवार्तामा राष्ट्रपति डा यादवले संविधान जारी गर्नैपर्ने र सबैलाई समेटेर लैजानुपर्ने धारणा राख्नुभयो ।

सो अवसरमा प्रधानमन्त्री कोइरालाले देशका विभिन्न स्थानमा एकसाता यता भइरहेको राजनीतिक गतिविधि, संविधान निर्माण प्रक्रिया, मधेसीलगायत असन्तुष्ट दलसँग भइरहेको सहमतिको प्रयासलगायतबारे विस्तृत रुपमा राष्ट्रपतिलाई जानकारी गराउनुभएको थियो ।

उहाँहरुबीच मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र शान्ति सुरक्षाबारे कुराकानी भएको राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले राससलाई जानकारी दिनुभयो । रासस