९ कार्तिक २०८३, सोमबार

चुलो चौको छाडेर आन्दोलनमा उत्रिएका महिलाले भने-‘अखण्ड बागलुङका लागि ज्यान दिन तयार छौं’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

baglung-mahila (1)

– रबिना बोहरा
बागलुङ, १० भदौ । ७ प्रदेशको सीमांकनमा पनि बागलुङलाई विभाजन गरिएपछि यहाँका हजारौं महिलाहरु चुलो चौको छाडेर जिल्ला बचाउ अभियानमा लागेका छन् ।

बिहीबार महिलाहरुले थाल कचौरा बजाएर बजारमा उर्लिएका हुन् । बागलुङ जिल्ला टुक्रिनुमा नेतृत्व पंक्तिहरुको कमजोरी देखिएको भन्दै जिल्ला टुक्राउनुमा ठुलो षड्यन्त्र भएको उनिहरुको आरोप छ । ५ दिनदेखि भएको बन्दका कारण जिल्लाको जनजीवन प्रभावित भएपनि जिल्लाबासी सबै अखण्ड बागलुङको अभियानमा अग्रसर बनेका छन् ।

हजारौं संख्यामा उर्लिएका महिलाहरुले सभाषद्हरुले संविधानसभाबाट राजिनामा दिएर संविधानसभा घेराउ गर्नुपर्ने माग गरेका छन् । पश्चिम क्षेत्र पछाडी प¥यो भन्ने नाममा सीमाङकनका आधारमा जिल्लालाई टुक्राउन खोज्नु षड्यन्त्र भएकाले राजनीति स्वार्थ पुरा गर्नका लागी जिल्लालाई विभाजन गर्नेलाई नछाड्ने चेतावनी समेत दिएका छन् ।

बागलुङको शिरलाई क्षतविक्षत पारेर जलाशय र नेपालको एक मात्र सिकार आरक्ष ढोरपान सिकार आरक्षलाई लुट्न खोजिएको महिलाहरुको आरोप छ । जिल्लाबासीको माग सुनुवाई नभएमा संविधान सभा घेराउ गर्न दबाब दिने भन्दै रिले अनशन बस्नका लागी पनि तयार रहेको महिलाहरुले विरोध सभामा प्रतिवद्धता गरेका छन् ।

भदौ ४ गते शीर्ष नेतृत्वले जिल्लालाई प्रदेश नम्बर ४ र ५ मा विभाजन गर्ने निर्यणप्रति आपत्ति जनाउँदै षड्यन्त्रकारी सीमाङकनलाई तत्काल खारेज गर्न माग गरेका छन् । जिल्लामा आन्दोलन चर्किदा समेत सभाषदहरुले शीर्ष नेतृत्वलाई दबाब दिन नसक्नु र प्रस्तावित प्रदेश न ५ का नेताहरुले बागलुङको पश्चिम क्षेत्रको प्रकृतिक सम्पत्तिमाथि गिद्वेदृष्टी लगाउदा पनी खबदारी गर्न नस्कनु समग्र धौलागिरीका सभाषदहरुको लाचारीपन भएको सहभागिको आरोप छ ।

मुख्यगरी ढोरपाटन शिकार आरक्ष तथा ३ सय २० मेघावाटको उत्तरगंगा हाड्रोपावरमाथि नेताहरुको आँखा गढेकोले बागलुङेहरु रगत बगाउन तयार रहेको तर सदियौ देखी एक भएर बसेको माछा चरन हुने बागलुङको सबैभन्दा होचो भुभाग बरेङ देखी डाँफे चरन हुने ढोरपाटनको शिर सम्मको भुभाग टुक्रिन नदिने उनीहरुको भनाइ रहेको छ । शिर्ष नेतृत्वले जिल्लाबासीको मर्म र भावना नबुझी जिल्ला टुक्राउनु संघियताको मुल्य र मान्यता बिपरीत रहेको उनीहरुको भनाई रहेको छ ।

विरोध ¥याली पछिको कोण सभामा नेकपा एमालेका वैकल्पिक केन्द्रिय सदस्य मनकुमारी केसी, नेपाली काँग्रेसका पार्वती आचार्य, राष्ट्रिय जनमोर्चाका लक्ष्मी बास्कोटा, नेकपा मालेका मञ्जु क्षेत्री, अखण्ड पार्टीको शन्तु खड्का लगायतले अखण्ड बागलुङ माग गर्नुभएको छ ।

baglung-mahila (2) baglung-mahila (3)