९ कार्तिक २०८३, सोमबार

सेवाग्राहीसँग पैसा असुल्ने सहायक प्रजिअलाई कारवाही गर्न माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

baitadi_district– नरी बडु

बैतडी, १० भदौ । बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी मंगलबहादुर शाहीलाई बिहीबार बैतडी सदरमुकामका बासिन्दाले कारवाही गरिनुपर्ने माग गरेका छन् ।

बिहीबार स्थानीय ब्यापारी, राजनीतिक दल लगायतको समूहले सेवाग्राही र ब्यापारीबाट अनावश्यक रकम असुल्ने गरेको भन्दै कारवाहीको माग गरेका हुन । उनीहरुले प्रशासन समक्ष सार्वजनिक माफी मागेर सरुवा गरिनुपर्ने माग गरेका हुन ।

बुधबार एक गैरसरकारी संस्था नबीकरण गर्दा ५ सय दस्तुर लाग्ने ठाउमा ४ हजार ५ सय घुस लिन लगाएका थिए । बेलाबेलामा ब्यापारीलाई तर्साएर रकम नदिए दुःख दिएर पदीय मर्यादा र जिम्मेवारी विपरित काम गरेको स्थानीयको आरोप छ । स्थानीयले तत्काल कारवाही नगरे संघर्ष गर्ने चेतावनी दिएका छन् ।

रकम नदिए संस्थाको बारेमा छानबिन गरिने भन्दै ५ हजार मागेका थिए । ‘तपाईको संस्था धर्म प्रचारण गर्दै हिड्छ भन्ने गुनासो आएकाले, ३ प्रतिशत रकम नदिए नवीकरण नहुने भन्दै काम रोके ।’ स्नेही महिला जागरण केन्द्रकी कोषाध्यक्ष बेलु क्षेत्रीले भनिन्, ‘५ हजार लिएर ५ सयको रसीद दिएपछि सार्वजनिक गरेको हो ।’

नियम बिपरित थप रकम लिएर गल्ती भएको शाहीले स्वीकारेका छन् । प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले मातहतका कर्मचारीबाट गल्ती भएको भन्दै अन्य आरोपका बारेमा छानबिन गर्ने बताए ।