९ कार्तिक २०८३, सोमबार

काठमाडौं आएकी प्रेमिकाले विवाह गर्न नमानेपछि गेष्ट हाउसमा लगेर हत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pakrau-pakrau-final-fial5काठमाडौं, १० भदौ । काठमाडौं आएकी प्रेमिकालाई एक युवकले गेष्ट हाउसमा लगेर हत्या गरेका छन् ।

प्रेमिकाको हत्याकोे अभियोगमा सिन्धुलीका २७ वर्षीय अविनाश थिङलाई प्रहरीले पक्राउ गरेको छ ।

अविनाशले विहीबार बिहान काठमाडौंको गौशालास्थित ‘होटल गौशाला’को कोठामा १८ वर्षीया प्रेमिका सोनिया श्रेष्ठलाई रुमालले घाँटी बाँधेर मारेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

थिङले सर्लाही पथ्थरकोटकस्थित श्रेष्ठकै घरमा ज्यामी काम गर्दै आएको र उनीहरुबीच तीन वर्षयता सम्बन्ध रहँदै आएको प्रहरीले जनाएको छ ।

उनीहरु सर्लाहीबाट गत विहीबार काठमाडौं आएका थिए । श्रेष्ठले थिङलाई पहिलो श्रीमती छोडेर आफूसँग विवाह गरी काठमाडौंमा बस्न दबाब दिएपछि झगडा हुँदा थिङले श्रेष्ठको हत्या गरेको प्रहरीले जनाएको छ ।

तत्काल फरार थिङलाई प्रहरीले काठमाडौं मेडिकल कलेज अस्पताल सिनामंगलबाट पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको छ ।