काठमाडौं, १० भदौ । कांग्रेस नेतृ सुजाता कोइरालाले हत्या, हिंसालगायतका मानवताविरुद्धको अपराधमा संलग्न भएको पाइए प्रधानमन्त्री नै भएपनि हदैसम्मको कारबाही गरिनु पर्ने बताउनु भएको छ ।
संविधानसभाको आजको बैठकमा बोल्दै कांग्रेस प्रभावशाली नेतृ कोइरालाले कौलालीको टीकापुरमा भएको हिंसात्मक घटनालाई लिएर त्यस्ता खाले अमानवीय घटनामा संलग्न व्यक्ति चाहे जो भए पनि हदैसम्मको कारबाही गरिनुपर्ने बताउनुभयो । उहाँले कानुन हातमा लिनेलाई कानुनको दायरमा ल्याउनुपर्ने बताउनुभयो ।
सभासदहरू पनि पदीय मर्यादा र अनुशासनमा रहनुपर्नेभन्दै कोइरालाले पदीय मर्यादा र अनुशासन बिपरित साम्प्रदायिक कुरा गर्दै हिड्ने र सामाजिक सद्भाव खल्बल्याउन भूमिका खेल्ने सभासदलाई कारबाही गर्नुपर्ने कोइरालाले माग गर्नभयो ।
नेतृ कोइरालाले जनआन्दोलनका उपलब्धिहरू गणतन्त्र, संघीयता समानुपातिक समावेशी लोकतान्त्रिक मूल्य र मान्यता जस्ता विषय संविधानमा अशंसोधनीय हुनु पर्ने जिकिर गर्नु भयो ।















प्रतिक्रिया