
पोखरा, १० भदौ । नेपालमा प्याराग्लाइडिङ्ग भित्रिएको १९ वर्षमा नेपाली पाइलटले नेपाल सरकारबाट लाइसेन्स (उडाउने अनुमतिपत्र) प्राप्त गरेका छन् ।
नेपाल नागरिक उड्डयान प्राधिकरण पोखरा नागरिक उड्डयान कार्यालयले बुधबार चार जनालाई लाइसेन्स दिएको हो । कार्यालयबाट अस्थाई प्याराग्लाईडिङ्ग इजाजत पत्र दिएको पोखरा नागरिक उड्डयान कार्यालयका प्रमुख दिपक बरालले जानकारी दिए ।
नेपाल कै पहिलो प्याराग्लाईडिङ्ग पाइलट राजेश बम्जम, दामोदर पराजुली, सानोबाबु सुनुवार र विमल अधिकारीलाई लाइसेन्स दिएको बरालले जानकारी दिए । उनीहरुलाई पोखरा नागरिक उड्डयान कार्यालयका प्रमुख दिपक बरालले लाइसेन्स प्रदान गरे । उनीहरुको स्वस्थ्य परिक्षण, उनीहरुले प्याराग्लाईडिङ्ग उठाएको अवलोकनपछि उनीहरुलाई लाइसेन्स दिएको प्रमुख बरालले बताए ।
नेपाल कै पहिलो प्याराग्लाईडिङ्ग पाइल राजेश बम्जम नेपाल कै लाइसेन्स लिने पहिलो पाइलट बनेका छन् । त्यसैगरी अन्य तीन जनालाई प्याराग्लाईडिङ्ग पाइलटहरुको परीक्षा लिनका लागी छनौट भएका छन् । उनीहरुले अब नयाँ पाइलटहरुको प्राविधिकहरुमा परीक्षा लिने काम गर्ने बरालले बताए । लाइसेन्स लिइ सकेपछि पहिलो पाइलट राजेश बम्जमले १९ वर्षपछि लाइसेन्स पाउदा खुसी लागेको बताए ।
उनले नेपालमा टेन्डम कम्पनीका रुपमा मात्रै नभएर स्पोर्टको रुपमा पनि विकास गर्नु पर्ने बताए । लाइसेन्स पाएपछि पाइलट सानोबाबु सुनारले प्याराग्लाईडिङ्गको विकासका लागी लाइसेन्सले ठुलो टेवा पुग्ने बताए । उनले अबैध रुपमा उडान भर्ने क्रम अबका दिनमा रोकिने बताए । नाका कार्यवाहक अध्यक्ष शोभित बानियाले लामो समय देखिको माग पुरा भएको बताउदै प्याराग्लाईडिङ्गलाई व्यवस्थीत गरेर लैजान सजिलो हुने बताए ।
पोखरा नागरिक उड्डयान कार्यालयका प्रमुख दिपक बरालले लाइसेन्स दिएपछि पाइलटहरुलाई विमा लगायतका कार्यहरु गर्न सजिलो हुने बताए । अहिले अस्थायी लाइसेन्सबाट शुरु गरि नियम बनी सकेपछि स्थायी लाइसेन्स दिने बताए । अहिले लाइसेन्स लिनलाई २५ डलर तिनुपर्ने उनको भनाई छ । पोखरामा अहिले करिब १ सय २० जना टेन्डम पाइलटहरु रहेका छन् भने लाइसेन्सका लागी करिब ८० जनाले कार्यालयमा आबेदन दिएको बरालले जानकारी दिए ।
यस अगाडी नेपाली पाइलटहरुले कि त विदेशी लाइसेन्स कि त विना लाइसेन्स उठान गर्दै आएका थिए । नेपालमा नै पहिलो पटक पोखरामा सन् १९९६ देखि प्याराग्लाइडिङ्गको उडान शुरु भएको हो भने सन् २००० देखि व्यवसायिक रुपमा उडाउन थालेको थियो ।


















प्रतिक्रिया