बलेवा (बागलुङ), १० भदौ । बागलुङको गलकोट हटियामा आन्दोलनकारीले गएराति मोटरसाइकलमा आगजनी गरेका छन् ।
जिल्लाको पश्चिम खरबाङ बजारबाट आउँदै गरेको बा१८प ८५८ नंको मोटरसाइकलमा जारी आमहडतालको अवज्ञा गरेको भन्दै अखण्ड बागलुङको पक्षमा आन्दोलनरत दलका कार्यकर्ताले आगजनी गरेको प्रहरीले जनाएको छ ।
मोटरसाइकलमा रहेका चालक र उनीसँगै रहेका अर्का एकजना भने भागेको जानकारी आएको प्रहरी नायब उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिनुभयो । हटिया बजारमा आन्दोलनकारीले नारा जुलुससहित बजार परिक्रमा गरिरहेका बेला राति ९ः३० बजेको समयमा मोटरसाइकल चलाउँदै आएका उनीहरुलाई बन्दकर्ताले नियन्त्रणमा लिएर मोटरसाइकलमा आगजनी गरेको स्थानीयवासी बालकृष्ण सुवेदीले बताउनुभयो ।
बागलुङको पूर्वी क्षेत्रलाई प्रदेश नं ४ र पश्चिम क्षेत्रलाई प्रदेश नं ५ मा राखेको विरोधमा उक्त निर्णय सच्याउन माग गर्दै बागलुङमा क्रियाशील राजनीतिक दल तीनदेखि अनिश्चितकालीन आमहडतालसहित आन्दोलनमा छन् । आन्दोलनका कारण जिल्लामा यातायात, शिक्षण संस्था, उद्योग कलकारखाना, बजार ठप्प भएपछि जनजीवन कष्टकर बन्दै गएको छ । रासस















प्रतिक्रिया