टीकापुर, १० भदौ । हिंसात्मक घटना भएको तीन दिनपछि कैलालीको टीकापुरमा विहीबार सुरक्षाकर्मीले गोली चलाएको छ ।
स्थानीय प्रशासनले जारी गरेको कर्फ्यु अवज्ञा गरेको भन्दै सुरक्षाकर्मीले गोली चलाउँदा टीकापुर नजिकैको दुर्गौलीमा एक जना घाइते भएका छन् । घाइते हुनेमा कैलाली फलेविसनका जगत देवकोटा रहेका छन् ।
मोटरसाइकल चलाइरहेका बेला गस्तीमा रहेका सुरक्षाकर्मीले रोक्न खोज्दा भागेपछि गोली प्रहार गरिएको थियो । उनलाई उपचारका लागि टीकापुर अस्पताल लगिएको छ ।
गत सोमबार नेपाल प्रहरीका एसएसपीसहित मारिने गरी टीकापुरमा भएको हिंसात्मक घटनापछि सरकारले कैलालीका विभिन्न ठाउँमा सेना परिचालन तथा कर्फ्यु लगाएको छ ।















प्रतिक्रिया