रौतहट, १० भदौ । एक मधेस एक प्रदेशको माग राख्दै आन्दोलनमा उत्रिएका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले एमाले जिल्ला पार्टी कार्यालय रौतहटमा आगजनी गरेका छन् ।
रौतहट सदरमुकाम गौरमा रहेको पार्टी कार्यालय बन्द भएको अवस्थामा मोर्चा कार्यकर्ताहरुले डिजेल छर्किएर आगो लगाएको स्थानीय प्रहरीले जनाएको छ । आगलागीबाट कार्यालयका महत्वपूर्ण कागजात, फर्निचर तथा कुुर्सीहरु जलेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटले आगजनी गर्ने मोर्चाका कार्यकार्ताको खोजी शुरु गरेको छ ।















प्रतिक्रिया