९ कार्तिक २०८३, सोमबार

एसएसपी न्यौपानेको हत्यामा संलग्न आरोपी रामजनम चौधरीसहित तीन जनालाई प्रहरीले छाड्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tikapur-Kailai-Policeधनगढी, ९ भदौ । जिल्ला प्रहरी कार्यालय कैलालीले टीकापुरको घटनामा संलग्न भएको आरोपमा पक्राउ परेकामध्ये तीन जनालाई सोधपुछ पछि आज रिहा गरिएको जनाएको छ ।

दरख गाविसको नारायणपुरका रामजनम चौधरी, जोशीपुर गाविसका खड्कबहादुर चौधरी र सुन्दरलाल चौधरीलाई सोधपुछ पछि छाडिएको हो ।

थरुहट आन्दोलनकारीले खुँडा, भाला, बन्चरो, हँसियालगायत घरेलु हतियार प्रहार गर्दै शरीरमा आगोजन्य पदार्थ फ्याँकेर ड्युटीमा खटिएको अवस्थामा वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहितका सुरक्षाकर्मीको हत्या गरेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न भएको भन्दै पक्राउ परेका मुनुवा गाविसका रामकुमार कठरिया, सुन्दरलाल कठरिया, दीलबहादुर चौधरी, राजकुमार कठरिया, हरिनारायण चौधरी, भजनी–त्रिशक्ति नगरपालिकाका प्रेमबहादुर चौधरी र जोशीपुर गाविस घर भएका मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक)का क्षेत्रीय अध्यक्ष रामप्रसाद चौधरीमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ ।

पक्राउ गरिएकाको रिहा गर्न माग
थरुहट/थारुवान संयुक्त सङ्घर्ष समिति कैलाली र राना थारु संयुक्त सङ्घर्ष समितिले टीकापुर घटनापछि गाउँगाउँबाट आफ्ना कार्यकर्तालाई धरपकड गरी सरकारी दमन बढेको भन्दै पक्राउ गरिएकाको रिहा गर्न माग गरेको छ ।

आज संयुक्त रुपमा विज्ञप्ति प्रकाशन गरी उनीहरुले टीकापुरमा भएको घटना राजनीति नभएपनि आपराधिक बनाइएकाप्रति विरोध गर्दै त्यसको निष्पक्ष छानबिनको माग गरिएको छ । रासस