९ कार्तिक २०८३, सोमबार

सेना परिचालनविरुद्ध सर्वोच्चमा कस्ले हाल्यो मुद्दा ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali-senaकाठमाडौँ, ९ भदौ । संविधान निर्माणका क्रममा सीमाङ्कनको विषयलाई लिएर सोमबार कैलालीलगायतका जिल्लामा भएको घटनापछि सेना परिचालन गर्नु मौलिक हकविरुद्ध भएको भन्दै सर्वोच्च अदालतमा आज रिट निवेदन दर्ता भएको छ ।

अधिवक्ताद्वय रोशनकुमार झा र यमकुमार योन्जनले संयुक्त रुपमा दायर गरेको उक्त रिटमा सेना परिचालनले त्यहाँका नागरिकको मौलिक हकमा आघात पर्ने र शान्ति सुरक्षा अझ बिग्रने जिकिरसहित सेनालाई छावनीमा फिर्ता बोलाउन आदेश माग गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय सुरक्षा परिषद्, गृहमन्त्रालय, व्यवस्थापिका संसद सचिवालयलाई विपक्षी बनाई दायर गरिएको रिटमा सोमबार बसेको सुरक्षा परिषद्को बैठकले कैलालीको टीकापुर, रौतहटको गौर र सर्लाहीको मलङ्गवामा सेना परिचालनको निर्णयले नेपाली नागरिकको हकअधिकारमा आघात पुग्ने दाबी गरिएको छ ।

सरकारले दङ्गाग्रस्त क्षेत्र घोषणा गरी सेना परिचालन गर्दा आन्दोलनकारीको मनोबल थप उत्तेजित बन्न जाने र अझै ठूलो अपूरणीय क्षति हुनसक्ने रिटमा उल्लेख छ । रासस