९ कार्तिक २०८३, सोमबार

टीकापुर घटनामा घुसपैठ : मन्त्री साउद

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

14100807NP-saudभक्तपुर, ९ भदौ । सिँचाइ मन्त्री नारायणप्रकास साउदले संविधान निर्माणको सङ्घारमा कैलालीको टीकापुरमा भएको घटनामा घुसपैठ भएको बताउनुभएको छ ।

समसामयिक विषयमा आज रिपोर्टर्स क्लब भक्तपुर शाखाले भक्तपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री साउदले सो घटना सुनियोजितपूर्ण ढङ्गबाट गराइएको हो भन्नुभयो ।

संविधान जारी गर्ने दिन नजिकिएसँगै संविधान जारी गर्न नदिने तत्वहरुले षड्यन्त्रपूर्वक उक्त घटना घटाएका हुन् उहाँले भन्नुुभयो‘‘ टीकापुर घटनाका बारेमा यथार्थ विवरणका लागि सरकारले तदारुकताका साथ काम थालिसकेको छ ।’’

उहाँले टीकापुरमा भएको घटनामा त्यहाँका आन्दोलनरत थरुहट र थारुवान सङ्घर्ष समितिका आन्दोलनकारीको मात्र सहभागिता नभएर बाहिरबाट पनि घुसपैठ भएको बताउनुभयो ।

मन्त्री साउदले दूषित मनसायबाट प्रेरित बनेका केही तत्वले टीकापुर घटनाजस्तो निन्दनीय घटना घटाएको दाबी गर्दै जुनसुकै घटना भए पनि संविधान निर्माणको काममा अवरोध नआउने स्पष्ट गर्नुभयो । रासस