९ कार्तिक २०८३, सोमबार

हिन्दूराष्ट्र बनाउन राप्रपा नेपालले संविधानसभा घेराउ गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kamal Thapaकाठमाडौं, ९ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल)ले हिन्दूराष्ट्र कायम गर्नुपर्ने माग गर्दै राजधानीमा बृहत प्रदर्शन र संविधानसभा घेराउ गर्ने निर्णय गरेको छ ।

काठमाडौंमा आज (बुधबार) बसेको राप्रपा नेपालको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भदौ १५ गते काठमाडौंमा प्रदर्शनसहित संविधानसभा घेराउ गर्ने निर्णय गरेको सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिनुभयो ।

‘बन्दै गरेको नयाँ संविधानको विधेयकमा नेपाललाई हिन्दूराष्ट्र कायम गर्ने प्रावधान छैन’, उहाँले भन्नुभयो, ‘९० प्रतिशत हिन्दूको बसेबास रहेको मुलुकलाई हिन्दूराष्ट्र कायम गरिनुपर्छ । हिन्दूराष्ट्रका पक्षमा दवाव दिनु संविधानसभा घेराउ गर्न थालेका हौँ ।’

राप्रपा नेपालले नयाँ संविधानमा हिन्दूराष्ट्र लेख्नुपर्ने माग गरेर आन्दोलन गर्दै आएको छ ।

भदौ १५ गतेको संविधानसभा घेराउसहितको प्रदर्शनलाई प्रभावकारी बनाउन राप्रपा नेपालले प्रचारात्मक कार्यक्रम गर्ने निर्णय पनि गरेको छ ।

बैठकले आन्दोलनलाई प्रभावकारी बनाउन उपाध्यक्ष टंक ढकाल र कोषाध्यक्ष उद्धव पौडेलको संयोजकत्वमा प्रचार प्रसार समिति पनि गठन गरेको छ ।