९ कार्तिक २०८३, सोमबार

बन्द गर्न हिँडेका की मान्छे मार्न ? किन बोके आन्दोलनकारीले पेट्रल बम ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुनसरी , ९ भदौ । सुनसरी जिल्लामा बन्द गराउँदै हिँडेका आन्दोलनकारीसँग प्रहरीले पेट्रोल बम बरामद गरेको छ ।

बोतलमा पेट्रोल राखी राजमार्ग अवरोध गर्ने थारु कल्याणकारी संघ दुहवीका अध्यक्ष परमानन्द चौधरीसहित १५ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

दुहवी भलुवा नगरपालिका–४ डाँडा चोकस्थित राजमार्ग अवरोध गरी बसेका उनीहरूलाई इलाका प्रहरी कार्यालय दुहवीबाट खटिएको प्रहरी टोलीले १५ बोतल पेट्रोलसहित मंगलबार राति नियन्त्रणमा लिएको हो ।