९ कार्तिक २०८३, सोमबार

डडेल्धुरामा बृहत् सदभाव र्‍याली

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dadeldhura-sadbhav-raly (2)

डडेल्धुरा, ९ भदौ । देशका विभिन्न स्थानमा सामाजिक सद्भाव बिथोल्ने खालका गतिविधि भइरहेको अवस्थामा डडेल्धुरामा सद्भाव र्‍यालीको आयोजना गरिएको छ ।

शान्ति समिति डडेल्धुराको आयोजनामा आज बिहान सद्भाव र्‍यालीको आयोजना गरिएको हो । ‘हामी नेपाली, हाम्रो नेपाल’ भन्ने नारासहित बृहत् सद्भाव र्‍याली आयोजना गरिएको हो । र्‍यालीमा सयौँको सङ्ख्यामा कर्मचारी, स्थानीयबासी, राजनीतिक दलका प्रतिनिधि र सञ्चारकर्मीको सहभागिता रहेको थियो ।

dadeldhura-sadbhav-raly (1)सद्भाव र्‍यालीले डडेल्धुराको तुफानडाँडा, बागबजार, खलङ्गालगायत नगरक्षेत्रमा परिक्रमा गरेको छ । सबै मिलेर शान्ति र सद्भाव फैलाउनेतर्फ लाग्नुपर्ने भएका कारण सबैमा सद्भाव कायम गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले बताउनुभयो ।

देशमा शान्ति र अमनचयनसँगै समुदायबीच भइरहेको सद्भाव बिथोलिने क्रियाकलापलाई निरुत्साहित गर्न डडेल्धुरामा बृहत् सद्भाव र्‍याली आयोजना गरिएको शान्ति समितिका संयोजक लालबहादुर ऐरीले बताउनुभयो ।

तस्वीर : राजेन्द्र ठगुन्ना